Like us!
Follow us!
Connect us!
Watch us!

२०% लाभांश वितरण गर्ने प्रस्तावसहित हिमालयन बैंकले डाक्यो वार्षिक सभा, बुकक्लोज कहिले ?

अर्थ संसार

आइतबार, ०५ पुस २०७७, ०९ : १६ मा प्रकाशित

२०% लाभांश वितरण गर्ने प्रस्तावसहित हिमालयन बैंकले डाक्यो वार्षिक सभा, बुकक्लोज कहिले ?

अर्थ संसार, काठमाडौं - हिमालयन बैंक लिमिटेडले २८औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको मङ्सिर २ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार बैंकको उक्त सभा पौष २७ गते, सोमबार हिमालयन बैंक लिमिटेडको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा भिडियो कन्फरेन्समार्फत बिहान ११ बजे सुरु हुनेछ । 

सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित २०७७ आषाढ मसान्तको वासलात, सोहि मितिमा समाप्त २०७६/७७ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफाल गरी पारित गरिनेछ । 

त्यसैगरी, बैंकको सहायक कम्पनि हिमालयन क्यापिटल लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गरिनेछ । 
त्यस्तै, सभाले संचालक समितिले सिफारिस गरे बमोजिम नाफाको बाँडफाँड तथा चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश र १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ  । 

सभामा आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणको लागि लेखा परीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि तोक्नेछ । 

त्यसैगरी, बैंकले साधरणसभा प्रयोजनको लागि पौष १४ गतेदेखि २७ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष १३ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको