Like us!
Follow us!
Connect us!
Watch us!

२५% लाभांश वितरण गर्ने प्रस्तावसहित बुटवल पावरले डाक्यो एजिएम, बुक क्लोज कहिले ?

अर्थ संसार

सोमबार, ०६ पुस २०७७, ०८ : ०५ मा प्रकाशित

२५% लाभांश वितरण गर्ने प्रस्तावसहित बुटवल पावरले डाक्यो एजिएम, बुक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं - बुटवल पावर कम्पनी लिमिटेडले २८औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको पौष ३ गते बसेको संचालक समितिले गरेको निर्णयानुसार उक्त सभा पौष २८ गते मंगलबार कम्पनीको रजिष्टार्ड कार्यालय, बानेश्वर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा संचालक समितको प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनसहित वित्तीय विवरण, लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत  एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावलाई पारित गरिनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पौष १७ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष १६ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीले मात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको