Like us!
Follow us!
Connect us!
Watch us!

घोडाघोडी लघुवित्तले डाक्यो वार्षिक सभा, के-के छन् पारित हुने एजेण्डा ?

अर्थ संसार

विहीबार, ०९ पुस २०७७, १५ : ०६ मा प्रकाशित

घोडाघोडी लघुवित्तले डाक्यो वार्षिक सभा, के-के छन् पारित हुने एजेण्डा ?

अर्थ संसार, काठमाडौं - घोडाघोडी लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौं वार्षिक सभा आह्वान गरेको छ । संस्थाको पौष ७ गते मंगलबार बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा पौष २९ गते बुधबार, धनगढ़ी, कैलालीमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, सभामा घोडाघोडी लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडबीच गाभ्ने/गाभिने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएकोमा  सो प्रारम्भिक समझदारी पत्रलाई अनुमोदन पनि गरिनेछ ।

संथाले साधारणसभा प्रयोजनको लागि कार्तिक २३ गतेबाट बुकक्लोज गरेको छ त्यसैले कार्तिक २२ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको