Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ कात्तिकदेखि सेयर कारोबार रोक्का रहेको घोडीघोडा लघुवित्तको वित्तीय अवस्था

अर्थ संसार

बुधबार, २२ बैशाख २०७८, ११ : १७ मा प्रकाशित

यस्तो छ कात्तिकदेखि सेयर कारोबार रोक्का रहेको घोडीघोडा लघुवित्तको वित्तीय अवस्था

घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

संस्थाले बुधबार सार्वजनिक गरिएको उक्त विवरण अनुसार ३६ लाख ६८ हजार रुपैयाँ घाटामा रहेको छ । गत वर्ष कम्पनीले यो त्रैमासमा २१ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

यस्तै संस्थाको खुद ब्याज आम्दानीमा पनि गिरावट आएको छ । संस्थाको खुद आम्दानी ७८ लाख ८६ हजार रुपैयाँ रहेको छ यो गत वर्षको सोहि अवधिको तुलामाना १८.२६ प्रतिशतले थोरै हो । गत वर्षको सोहि अवधिमा संस्थाको यस्तो आम्दानी ९६ लाख ४८ हजार रुपैयाँ थियो ।
 
हाल चुक्ता पुँजी २ करोड ७६ लाख २५ हजार रुपैयाँ रहेको संस्थाको रिजर्भ कोषमा ७२ लाख ६६ हजार रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ २८ पैसा नोक्सानमा रहेको छ, भने प्रतिसेयर नेटवर्थ ७३ रुपैयाँ ७० पैसा रहेको छ ।

घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक लघुवित्त वित्तीय संस्था मर्ज हुँदैछन् । त्यसैले संस्थाको सेयर कारोबार गत कात्तिक २३ गतेदेखि रोक्का छ । 

60923079123ae.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको