Like us!
Follow us!
Connect us!
Watch us!

घोडीघोडा र युनिक नेपाल लघुवित्त मर्ज हुँदै, डाक्याे विशेष साधारण सभा

अर्थ संसार

सोमबार, २८ भदौ २०७८, १३ : ११ मा प्रकाशित

घोडीघोडा र युनिक नेपाल लघुवित्त मर्ज हुँदै, डाक्याे विशेष साधारण सभा

घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ । संस्थाले घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडबीच गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी निर्णयकाे लागि असाेज १६ गते शनिबार, हाेटल रूबस, बैयाबेहडी, धनगढी, कैलालीमा विशेष साधारण सभा गर्ने भएकाे हाे ।

दुवै संस्थाबीच गत कार्तिक २१ गते गाभिने सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएकाे थियाे । त्यसैले, बैंक तथा  वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम नेप्सेमा घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे काराेबार राेक्का छ ।

घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड १:०.५० काे अनुपातमा मर्ज हुन लागेका हुन् । विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्तावहरू पारित गर्नेछ । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

613f0181b40ab.jpg 613f018aec334.jpg 613f019470fd7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको