घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।
संस्थाकाे मंसिर १० गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे छैठाैँ वार्षिक साधारण सभा पाैष १० गते शनिबार, हाेटल रूबस, बैयावेहडी, धनगढी, कैलालीमा बिहान १० बजेदेखि सुरू हुनेछ ।
नेपाल स्टक एक्सचेञ्जमा युनिक नेपाल लघुवित्तसँग मर्जरमा जान सम्झौतापत्रमा हस्ताक्षर गरेको हुनाले घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार गत कार्तिक २३ गते, आइतबारबाट रोक्का छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस