Like us!
Follow us!
Connect us!
Watch us!

नेकपाको कलह प्रदेश १ मा, मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

अर्थ संसार

आइतबार, १२ पुस २०७७, ११ : ३२ मा प्रकाशित

नेकपाको कलह प्रदेश १ मा, मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

अर्थ संसार,बिराटनगर- नेकपाको कलह  प्रदेश १ मा पनि देखिएको छ।  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३७ सांसदको हस्ताक्षर छ । यो संगै मुख्यमन्त्रीले आफ्नो बहुमत गुमाएका छन्।  

अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो छन् । प्रदेश १ मा नेकपासँग ६७ सांसद  छन् । प्रचण्ड–माधव पक्षमा ४० बढी सांसद छन् भने मुख्यमन्त्री राईको पक्षमा २० जना सांसद रहेका छन् ।

नयाँ मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरिएको छ । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको