Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न आरविवि मर्चेन्ट बैंकिङ्गले बोलायो वार्षिक सभा

अर्थ संसार

मंगलबार, १४ पुस २०७७, ०८ : ०५ मा प्रकाशित

लाभांश पारित गर्न आरविवि मर्चेन्ट बैंकिङ्गले बोलायो वार्षिक सभा

आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले पाँचौं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको पौष ५ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा पौष २८ गते, मंगलबार राष्ट्रिय वाणिज्य बैंक लिमिटेड. केन्द्रिय कार्यालय, सिंहदरबारप्लाजा, काठमाडौंमा अपरान्ह ३ बजे सुरु हुनेछ ।

सभामा अध्यक्षको मन्तव्यसहित संचालक समितिको वार्षिक प्रतिवेदन २०७६/७७ पारित गरिनेछ ।

त्यसैगरी, लेखापरीक्षणको प्रतिवेदनसहित २०७७ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान हिसाव र सोहि अवधिको नाफा नोक्सान बाँडफाँड हिसाब, नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै लेखा परीक्षकको नियुक्ति गर्ने सम्बन्धमा पनि छलफल हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७६/७७ को चुक्ता पूँजीको ५% (कर सहित) नगद लाभांश प्रस्ताव पारित गरिनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको