Like us!
Follow us!
Connect us!
Watch us!

सुनकाे मूल्यमा सामान्य वृद्धि

अर्थ संसार

बुधबार, १५ पुस २०७७, ११ : ४८ मा प्रकाशित

सुनकाे मूल्यमा सामान्य वृद्धि

आज (बुधबार) नेपाली बजारमा सुनकाे मूल्यमा सामान्य वृद्धि भएको  छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको हो । 

बुधबार  छापावाला सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ । मंगलबार छापावाला सुन प्रतितोला ९४ हजार १ सय रूपैयाँमा काराेबार भएको थियो  । 
त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार ७ सयमा रुपैयाँमा कारोबार भइरहेको छ  ।

त्यसैगरी, बुधबार चाँदीकाे मूल्य पनि ताेलामा ५ रूपैयाँले बढेर प्रतिताेला एक हजार ३ सय ५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।  मंगलबार चाँदी एक हजार ३ सय  रूपैयाँमा कारोबार भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको