Like us!
Follow us!
Connect us!
Watch us!

ग्यापु र सिभिल मलको 'न्यू इयर कन्सर्ट'

अर्थ संसार

विहीबार, १६ पुस २०७७, १४ : ४० मा प्रकाशित

ग्यापु र सिभिल मलको 'न्यू इयर कन्सर्ट'

नेपाली ईकमर्स कम्पनी ग्यापु मार्केटप्लेस र सिभिल मलको आयोजना १ जनवरी (१७ पौष) मा  ‘न्यु इयर सेलिब्रेसन’ को आयोजना गरिएको छ।

काठमाडौ सुन्धारा स्थित सिभिल मलको फुड कोर्टमा दिउँसो २ बजे सुरु हुने कार्यक्रममा अलमोडा राना उप्रेती र इन्नोभ एठ ब्याण्ड लगायतको लाइभ प्रस्तुति रहने ग्यापुकि बिजनेस डेभलपमेन्ट म्यानेजर सुरजनी केसिले बताइन्।

कार्यक्रमको काष्ठमण्डप टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ। साथै ग्यापु मार्केटप्लेस र सिभिल मलको फेसबुक पेजबाट समेत लाइभ हेर्न सकिनेछ।

कोभिड १९ का कारण लामो समय देखि साङ्गीतिक कार्यकम नभैरहेको सन्दर्भमा स्वास्थ सुरक्षा सावधानीका साथ कन्सर्ट गर्न लागिएको सिभिल मलका सिनियर मार्केटिङ म्यानेजर अमिर ठकुरीले बताए।

कार्यक्रम हेर्न उपस्थित सहभागीले ग्यापु मार्केटप्लेस र एक्सलट्रीपको तर्फबाट उपहारहरु र छुट भौचर प्रदान गरिने बताइएको छ। कार्यक्रम एक्सलट्रीप नेपालसँगको समन्वयमा आयोजना गरिएको हो।

ग्यापु र सिभिल मलकै आयोजनामा २५ डिसेम्बर ‘क्रिसमस’ को अवसरमा पनि लाइभ कन्सर्ट गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको