Like us!
Follow us!
Connect us!
Watch us!

बिहिबार यी १० कम्पनीका लगानीकर्ता मालामाल

अर्थ संसार

विहीबार, १६ पुस २०७७, १५ : ४६ मा प्रकाशित

बिहिबार यी १० कम्पनीका लगानीकर्ता मालामाल

साताको अन्तिम दिन आज (बिहिबार ) सेयर बजारले उकालो यात्रा तय गरेको छ  । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर बजार दोहोरो अंकले बढेको हो ।

आज नेप्से परिसूचक २५.२१ अंकले बढेर २०८७.२७ अंकमा पुगेको छ  । नेप्से १.२२ प्रतिशले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ७.४० अंकले बढेर ३९८.७० अंकमा पुगेको छ ।

कुल २ सय ७ वटा कम्पनीको १ लाख १४ हजार ६४ हजर २ सय कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ७० करोड ३४ लाख ६९ हजार ८ सय ३७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

बिहिबार बढेको सेयर बजारमा साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताहरुले सर्वाधिक नाफा कमाएको छ ।  कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यसैगरी एभरेष्ट बैंक गुडवील फाइनान्स, लक्ष्मी बैंक, सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक लिमिटेड, नापेड लघुवित्त वित्तीय संस्था लिमिटेड, स्ट्याण्डर्ड चाटर्ड बैंक लिमिटेड, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडक लगानीकर्ताहरुले पनि मनग्य नाफा आर्जन गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको