Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

अर्थ संसार

सोमबार, २० पुस २०७७, ११ : ३२ मा प्रकाशित

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

आज (सोमबार) नेपाली बजारमा सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो । 

सोमबार छापावाला सुन  प्रतितोला ९५ हजार ३ सय रूपैयाँमा काराेबार भइरहेकाे  महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो  । 

यस्तै, सोमबार तेजावी सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, सोमबार चाँदीकाे मूल्य पनि ताेलाकाे २५ रुपैयाँले बढेर प्रतिताेला एक हजार ३ सय २५ रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  आइतबार सुन एक हजार ३ सय रूपैयाँमा  कारोबार भएको थियो  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको