Like us!
Follow us!
Connect us!
Watch us!

सुनकाे मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

अर्थ संसार

बुधबार, २२ पुस २०७७, ११ : ३६ मा प्रकाशित

सुनकाे मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

नेपाली बजारमा आज (बुधबार) पनि सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनकाे मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो ।

आज छापवाला सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा काराेबार भइरहेको महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला ९६ ४ सय रुपैयाँमा कारोबार भएको थियो । 
 
यस्तै, तेजावी सुन प्रतिताेला ९६ हजार २ सय रूपैयाँ कायम भएको छ । मंगबार सुन प्रतितोला ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीकाे मूल्य पनि ताेलामा ५ रुपैयाँले बढेर प्रतिताेला एक हजार ३ सय ४० रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको