Like us!
Follow us!
Connect us!
Watch us!

बिहिबार सुनको मूल्य १३ सय घट्यो, कतिमा कारोबार हुँदैछ ?

अर्थ संसार

विहीबार, २३ पुस २०७७, ११ : ३२ मा प्रकाशित

बिहिबार सुनको मूल्य १३ सय घट्यो, कतिमा कारोबार हुँदैछ ?

नेपाली बजारमा आज (बिहीबार) सुनकाे मूल्यमा ओरालाे यात्रा तय गरेकाे छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक हजार ३ सय रुपैयाँले गिरावट आएको हो  । 

बिहीबार छापावाला सुन प्रतिताेला ९५ हजार ४ सय रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।  बुधबार छापावाला सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा काराेबार भएको थियो । 

यस्तै, बिहीबार तेजावी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँ कायम भएको छ ।  बुधबार सुन प्रतितोला ९६ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो  । 

त्यसैगरी, बिहीबार पनि चाँदीकाे मूल्य पनि ताेलामा १० रूपैयाँले घटेर प्रतिताेला एक हजार ३ सय ३० रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको