Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी हिल्सको आइपिओ बिक्री खुल्ला, न्यूनतम कित्ता आवेदन दिने

अर्थ संसार

शुक्रबार, २४ पुस २०७७, ०८ : १८ मा प्रकाशित

चन्द्रागिरी हिल्स लिमिटेडले आजदेखि अर्थात  पुस २४ गतेदेखि साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १५ करोड ३४ लाख ९ हजार एक सय रूपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न गरेको छ । उक्त साधारण शेयर सर्वसाधारणमा साजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९ सय ६० कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आइपिओमा छिटोमा पुस २८ गते र ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल लिमिटेड, जमल, काठमाडौँ, चन्द्रागिरी हिल्स लिमिटेड, थानकोट तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले मध्यम स्तरको क्रेडिट जोखिम भन्ने बुझाउँछ।

कति दिने आवेदन ? 

कम्पनीले निश्कासन गर्न लागेको सेयर कित्ता भन्दा धेरै गुणा बढी आवेदन पर्ने भएकोले न्यूनतम १० कित्ता अर्थात १००० हजार रुपैयाँ मात्र लगानी गर्दा राम्रो हुन्छ  । 

सेयरबजारको कमाईबाट शिव प्रसाद पौडेल सन्तुष्ट | ब्लू चिप कम्पनीको सेयरमा गुमाएको अनुभव | Shiva Poudel

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको