Like us!
Follow us!
Connect us!
Watch us!

सुनकाे मूल्यमा सामान्य गिरावट

अर्थ संसार

शुक्रबार, २४ पुस २०७७, १२ : २१ मा प्रकाशित

सुनकाे मूल्यमा सामान्य गिरावट

साताको अन्तिम दिन आज (शुक्रबार) पनि नेपाली बजारमा  सुनकाे मूल्यले ओरालाे यात्रा तय गरेकाे छ । शुक्रबार सुनकाे मूल्यमा सामान्य गिरावट आएको हो ।

शुक्रबार छापावाला सुनकाे मूल्य तोलामा एक सय रुपैयाँले घटेर प्रतिताेला ९५ हजार ३ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  बिहिबार छापावाला सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा काराेबार भएको थियो ।

यस्तै, शुक्रबार तेजावी सुनको मूल्य पनि ताेलाकाे एक सय रुपैयाँले नै घटेर प्रतितोला ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ । बिहिबार तेजावी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो  ।

त्यसैगरी, शुक्रबार चाँदीकाे मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतिताेला एक हजार ३ सय ३० रूपैयाँमा नै काराेबार भइरहेकाे महासंघले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको