Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्तको वार्षिक सभा आज हुँदै

अर्थ संसार

शनिबार, २५ पुस २०७७, ०८ : ०४ मा प्रकाशित

आशा लघुवित्तको वार्षिक सभा आज हुँदै

आशा लघुवित्त वित्तीय संस्थाको चौंथो वार्षिक साधारणसभा आज (पौष २५ गते, शनिबार) हुँदैछ ।

उक्त सभा फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेष्टुरेन्ट ककनी, नुवाकोटमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा संचालक समितिको बैठकले गरेको निर्णयानुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले साधारणसभा तथा लाभांश वितरण गर्ने प्रयोजनको लागि पौष १२ एक दिनको लागि बुकक्लोज गरेको थियो । त्यसैले पौष ११ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको