Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार छिट्टै ३५०० सम्म पुग्ने सम्भावना छः विश्लेषक कञ्चनकृष्ण न्याैपानेसँग कुराकानी

अर्थ संसार टक

आइतबार, २६ पुस २०७७, ०६ : ०६ मा प्रकाशित

सेयर बजार निरंरत उकालाे लगिरहेकाे छ । बजार अझै कति बढ्ला ? सबैकाे चासाे छ । यही प्रश्न हामीले सेयर बजारकाे विष्लेषण गर्दै आ एका कञ्चनकृष्ण न्याैपानेलाई साेधेका थियाैं । उनी बजार छिट्टै ३००० देखि ३५०० सम्म पुग्ने दावी गर्छन् ।

कानुन ब्यवसायीसमेत रहेका उनले प्रधानमन्त्री र राष्टपति मिलेर गरेकाे संसद विघटनकाे निर्णयविरूद्ध सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । राजनीतिक अस्थिरताले देशकाे अर्थतन्त्रलाई असर गरे पनि सेयर बजारलाई असर नगर्ने बताउँछन् ।

‘चुनाव भयाेे भने लुकेर बसेको पैसा बाहिर आउँछ,’ उनी भन्छन्, ‘तर अहिले चुनाव हुने अबस्था छैन । चुनाव भए पनि नभए पनि सेयर बजारकाे बियरिस चक्र पूरा भएकाे छ । अब बुलिस चक्रमा प्रवेश गर्छ । आमजनताले सेयर बजारमा लगानी बढाइरहेको अवस्था छ । राज्यको परिस्थिति पनि आर्थिक रुपमा अन्य गतिविधि नभएकाे अवस्था छ ।

त्यसैले सेयर बजारले उचाइ लिने अनुमान सहजै गर्न सकिन्छ ।’ बजार बढ्नुमा लगानीकर्ताकाे मनाेविज्ञानले पनि काम गर्ने अधिवक्ता न्याैपाने बताउँछन्र ।

‘बजार बढ्दा नियामकका बाेली, ब्यवहार, लगानीकतार्तकाे मनाेविज्ञान सबै सकारात्मक हुन्छन्,’ उनी भन्छन्, ‘त्यसले बजार बढाउन सपाेर्ट गर्छ ।’ अर्थसंसार टकका लागि प्रधानसम्पादक लीलानाथ घिमिरेले अधिवक्ता न्याैपानेसँग गरेकाे थप कुराकानी भिडियाेमा ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको