Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

अर्थ संसार

आइतबार, २६ पुस २०७७, ११ : २२ मा प्रकाशित

आइतबार ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

साताको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा  सुनकाे मूल्यले ओरालाे यात्रा तय गरेकाे छ । आइतबार सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ ।

आइतबार सुनकाे मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले गिरावट आएको  हो  ।

आज छापवाला सुन प्रतिताेला ९३ हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापवाला सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा काराेबार भएको थियो  ।

यस्तै, आइतबार तेजावी  प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो  ।

त्यसैगरी, आइतबार पनि चाँदीकाे मूल्य पनि ताेलामा ६० रूपैयाँले घटेर प्रतिताेला एक हजार २ सय ७० रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ । शक्रबार चाँदी प्रतिताेला एक हजार ३ सय ३० रूपैयाँमा काराेबार भएको थियो  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको