Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी हिल्सको आइपिओमा कति पर्यो आवेदन ? यस्तो आयो पछिल्लो तथ्याङ्ग

अर्थ संसार

आइतबार, २६ पुस २०७७, २० : १६ मा प्रकाशित

चन्द्रागिरी हिल्स लिमिटेडले निश्कासन गरेको आइपिओमा आवेदन दिने लगानीकर्ताको ओइरो लागेको छ  ।  बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको अनुसार  पुष गते २४ गते शुक्रबारदेखि पुष २६ गते आइतबारसम्म साँझसम्म ८ लाख ६६ हजार ९२९ जना आवेदकबाट १ करोड ७० लाख ८७ हजार ४४० कित्ताको लागि आवेदन परेको छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १५ करोड ३४ लाख ९ हजार एक सय रूपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न गरेको छ । उक्त साधारण शेयर सर्वसाधारणमा साजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९ सय ६० कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आइपिओमा छिटोमा पुस २८ गते र ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको