Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

अर्थ संसार

सोमबार, २७ पुस २०७७, १२ : ५२ मा प्रकाशित

सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

सिद्धार्थ बैंक लिमिटेडकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (सोमबार) रहेकाे छ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि भोलि पुस २८ गते एक दिनका लागि बुक कलोज गर्ने निर्णय गरेको छ ।

त्यसैले आज  पुस २७ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुमात्र उक्त प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन्।

बैंक गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १२ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश बैंकको आउँदो माघ १६ गते हुने १९ औँ वार्षिक साधारणबाट अनुमोदन भएपछि वितरण गरिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको