Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकलाई सेयर बेच्न हम्मेहम्मे, पुन: बोलपत्र आह्वान

अर्थ संसार

सोमबार, २७ पुस २०७७, १४ : ०० मा प्रकाशित

एनआईसी एशिया बैंकलाई सेयर बेच्न हम्मेहम्मे, पुन: बोलपत्र आह्वान

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको ४ वटा कम्पनीकाे सेयर लिलामी मार्फत् बिक्री खुल्ला गरेको छ । 

यसअघि पाैष १९ गते, आइतबारबाट पाैष २४ गते शुक्रबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्दा बिक्री नभएपछि बैंकले फेरि भाउ घटाएर बिक्री खुल्ला गरेकाे छ ।

बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५ सय ६० कित्ता, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे एक लाख ८९ हजार ६ सय ६४ कित्ता, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे एक लाख २८ हजार ७ सय ९० कित्ता र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे एक लाख २ हजार ८ सय ६६ कित्ता संस्थापक समूहकाे शेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे ।

 नागरिक लगानी कोष​को सेयरको मूल्य प्रतिकित्ता १ हजार  ५  सय ३० रुपैयाँ तोकिएको छ, भने  सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड​को सेयरमूल्य ३ सय ५० रुपैयाँ तोकिएको छ  । यस्तै एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड  र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको क्रमशः ४ सय ३३ रुपैयाँ र  ५ सय ८ रुपैयाँ तोकिएको छ  ।

लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आज (पाैष १७ गते, साेमबार) बाट माघ ५ गते साेमबारसम्म बोलपत्र पेश गर्नुपर्नेछ ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको