सिभिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ बाट सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको पुस २७ गते सम्पन्न ३२५ औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै लगानीकर्तामा वितरण हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस