Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओ भर्नु भयो ? चन्द्रागिरी हिल्सको आइपिओ भर्ने आज अन्तिम मौका

अर्थ संसार

मंगलबार, २८ पुस २०७७, ०८ : ३३ मा प्रकाशित

आइपिओ भर्नु भयो ? चन्द्रागिरी हिल्सको आइपिओ भर्ने आज अन्तिम मौका

पुस २४ गतेदेखि सर्वसाधारणका लागि विक्रीमा आएको चन्द्रागिरी हिल्सको आईपीओमा आवेदन दिने आज (मंगलवार)अन्तिम रहेको छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १५ करोड ३४ लाख ९ हजार एक सय रूपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

 बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको अनुसार  सोमबार साँझसम्म १० लाख ६७ हजार ८९३ जना आवेदकबाट २ करोड १० लाख ५२ हजार ३२० कित्ताको लागि आवेदन परेको छ ।

आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९ सय ६० कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको