Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआई बैंकको ९.४७% लाभांश पारित

अर्थ संसार

मंगलबार, २८ पुस २०७७, १७ : ०४ मा प्रकाशित

नेपाल एसबिआई बैंकको ९.४७% लाभांश पारित

नेपाल एसबिआई बैंक लि.का शेयरधनीहरुको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ   । बैंकको उक्त आज सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको हो । उक्त 
सभाले बैंकको आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७७ को वासलात, आ.व. २०७६/७७ को नाफा-नोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत)पारित गरेको छ ।

सभाले बैंकका सेयरधनीहरुलाई चुक्ता पूँजीमा ९.४७ प्रतिशतका दरले लाभांश (६% बोनश शेयर र ३.४७%नगद लाभांश)वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७६/७७ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण समेत स्वीकृत गरेको छ । 

उक्त साधारणसभाले आ.व. २०७७/७८मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्सएस.ए.आर. एसोयिसट्स्, चाटर्ड एकाउण्टेन्ट्स्लाईलेखापरीक्षकमा नियुक्तितथा निजको पारिश्रमिक अनुमोदनगरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा÷नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने-गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्ने÷गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न-गराउन सक्ने अख्तियारी सञ्चालकसमितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको