Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी हिल्सको आइपिओमा आवेदनको नयाँ रेकर्ड, यस्तो छ पछिल्लो तथ्यांक

अर्थ संसार

मंगलबार, २८ पुस २०७७, १७ : ४७ मा प्रकाशित

चन्द्रागिरी हिल्सको आइपिओमा आवेदनको नयाँ रेकर्ड, यस्तो छ पछिल्लो तथ्यांक

अर्थ संसार, काठमाडौं– पुस २४ गतेदेखि पुष २८ गतेसम्म सर्वसाधारणका लागि विक्रीमा आएको चन्द्रागिरी हिल्सको आइपिओले आवेदनमा नयाँ रेकर्ड कायम गरेको छ । सेयर बजारमा निश्कासन भएको आइपिओमा अहिलेसम्मको सवै भन्दा धेरै आवेदन परेसँगै नयाँ रेकर्ड गर्न सफल भएको हो । 

 कम्पनीको आईपीओ बिक्री हुने अन्तिम दिन साँझ ५ बजेसम्ममा १२ लाख ५१ हजार ९३८ जनाबाट आवेदन परेको छ।  यो हालसम्म निष्कासन भएका आईओमा परेको उच्च आवेदन हो ।

सेयर निष्काशन तथा बिक्री प्रबन्ध ग्लोबल आईएमई क्यापिटलका अनुसार सोमबार साँझसम्ममा  १२ लाख ५१ हजार ९३८ जना आवेदकबाट २ अर्ब ४४ करोड २९ लाख ८४ हजार रुपैयाँ बराबरको २ करोड ४४ लाख २९ हजार ८४० कित्ता सेयर माग भएको हो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १५ करोड ३४ लाख ९ हजार एक सय रूपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता कित्ता आइपिओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न गरेको छ ।

आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको