Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन डिष्टिलरीकाे १००% लाभांश आज पारित हुँदै

अर्थ संसार

बुधबार, २९ पुस २०७७, ०७ : ५४ मा प्रकाशित

हिमालयन डिष्टिलरीकाे १००% लाभांश आज पारित हुँदै

हिमालयन डिष्टिलरी लिमिटेडकाे बीसाैँ वार्षिक साधारण सभा आज (पुस २९ गते, बुधबार) हुँदैछ ।

कम्पनीकाे पाैष २ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा कम्पनीकाे केन्द्रिय कार्यालय, पर्सामा हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे बैठकले निर्णय गरे अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ५० प्रतिशत बोनस सेयर र करसहित ५० प्रतिशत नगद गरि कुल १०० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १७ गते एक दिन कम्पनीकाे बुकक्लोज गरेको थियाे । त्यसैले, पाैष १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको