Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले गर्यो सिभिल लघुबित्तलाई कारवाही, दोस्रो बजारमा कारोबार रोक्का!

अर्थ संसार

बुधबार, २९ पुस २०७७, १० : १७ मा प्रकाशित

नेप्सेले गर्यो  सिभिल लघुबित्तलाई कारवाही, दोस्रो बजारमा कारोबार रोक्का!

नेपाल स्टक एक्सचेन्जले मंगलबार एक सुचना जारी गर्दै लिभिल लघुबित्तको धितोपत्र दोस्रोबजार कारोबार रोक्का गर्दै स्पष्टिकरण माग गरिएको छ । 

कम्पनीको पुस २७ गते बसेको सञ्चालक समितीको बैठकले गत बर्षको मुनाफाबाट आफ्ना साविकका सेयरधनीहरुलाई ३.५ प्रतिशत बोनश सेयर र ०.१८ल प्रतिशत नगद लाभांश वितरणको प्रस्तापवको निर्णय पुस २८ गते दिउसो ११ः५० बजे कारोबार चलिरहेको समयमा नेप्सेका इमेल मार्फत जानकारी गराएकाले स्पष्टिकरण सहित कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ । 

धितोपत्र विनियमावली,२०७५ को विनियम २२ढ(१)(घ) मा भएको व्यवस्था भएअनुसार धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना,जानकारी तथा निर्णय र्सिजना भएमा सोहि दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि त्यस्तो सूचना, जानकारी वा निर्णय पेस गर्नु पर्ने व्यवस्था भएकोमा कम्पनीले तयस अनुसार नगरेकाले कम्पनीको धितोपत्र दोस्रो बजार कारोबार रोक्का गर्नुका साथै ३ दिन भित्र यसो गर्नुको कारण खुलाई स्पष्टिकरण पेस गर्न भनिएको छ ।  
 

5ffe78379aeae.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको