Like us!
Follow us!
Connect us!
Watch us!

सोनापुर मिनरल्स एण्ड आयलले आइपिओ निष्काशन गर्ने

अर्थ संसार

बुधबार, २९ पुस २०७७, १४ : १५ मा प्रकाशित

सोनापुर मिनरल्स एण्ड आयलले आइपिओ निष्काशन गर्ने

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले प्रिमियममा आइपिओ निष्कासन गर्ने विशेष प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको छ । 

कम्पनीकाे पाैष २६ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे तेर्हाैँ वार्षिक साधारण सभा माघ २२ गते, बिहीबार, कम्पनीकाे रजिष्टर्ड कार्यालय, बत्तीसपुतली, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) प्रिमियममा निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

यसका साथै सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् : 

5ffeb040ddd62.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको