Like us!
Follow us!
Connect us!
Watch us!

रैराङ हाइड्रोपावरको वार्षिक सभा सम्पन्न

अर्थ संसार

बुधबार, २९ पुस २०७७, १६ : १० मा प्रकाशित

रैराङ हाइड्रोपावरको वार्षिक सभा सम्पन्न

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारण सभा सम्पन्न  भएको छ ।

कम्पनीको उक्त सभा आज (पौष २९ गते, बुधबार) कम्पनीको कर्पोरेट कार्यालय थापाथली, काठमाडौंमा सम्पन्न भएको हो  ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नुको साथै लेखापरीक्षण प्रतिवेदनसहितको आषाढ ३१, २०७७ को वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी पारित गरेको छ  ।

त्यसैगरी, आर्थिक वर्ष वर्ष २०७७/७८ का लागि लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक पनि निर्धारण गरेको छ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको