हिमालयन पावर पार्टनरको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
उक्त सभा कम्पनीको रजिष्टार्ड कार्यालय, महाराजगंज, काठमाडौंमा सम्पन्न भएको हो । सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नुको साथै लेखापरीक्षण प्रतिवेदनसहितको आषाढ ३१, २०७७ को वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी पारित गरेको छ ।
त्यसैगरी, आर्थिक वर्ष वर्ष २०७७/७८ का लागि लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक पनि निर्धारण गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस