Like us!
Follow us!
Connect us!
Watch us!

आन्तरिक राजस्व कार्यालयको कर अब मोबाईल बैकिङबाटै भुक्तानी गर्न सकिने

अर्थ संसार

शुक्रबार, ०२ माघ २०७७, ११ : ५६ मा प्रकाशित

आन्तरिक राजस्व कार्यालयको कर अब मोबाईल बैकिङबाटै भुक्तानी गर्न सकिने

करदाताहरूले आन्तरिक राजस्व कार्यालयहरूको राजस्व आफ्नो मोबाईल बैंकिङबाट सहजै भुक्तानी गर्न सक्ने भएका छन् । अबदेखि करदाताले एभरेष्ट बैंक मार्फत भुक्तानी हुने कर फोन पे नेटवर्कमा आबद्ध कुनै पनि बैंकको मोबाईल बैंकिङ मार्फत भुक्तानी गर्न सकिने भएको हो । 

मोबाईल बैंकिङ मार्फत कर भुक्तानी गर्ने विषयमा एभरेष्ट बैंक र फोन पे पेमेन्ट सर्भिस लिमिटेडकाबीचमा सम्झौता समेत भएको छ । सम्झौता पत्रमा एभरेष्ट बैंकका तर्फबाट सहायक महाप्रबन्धक आशु्तोष शर्मा र फोन पे का तर्फंबाट प्रमुख टेक्नोलोजी अफिसर दिवस सापकोटाले हस्ताक्षर गर्नुभयो । 

करदाताले आन्तरिक राजस्व विभाग अन्तरगतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पती कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क मोबाईल बैंकिङबाट सहजै भुक्तानी गर्न सकिनेछ । मोबाईल बैकिङमै यो सेवा उपलब्ध भएसँगै राजस्व कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको