Like us!
Follow us!
Connect us!
Watch us!

पैसा जम्मा पार्दै गर्नुहोस्, १३ वटा कम्पनीको आइपिओ बजारमा आउँदै !

अर्थ संसार

शुक्रबार, ०२ माघ २०७७, १६ : १० मा प्रकाशित

पैसा जम्मा पार्दै गर्नुहोस्, १३ वटा कम्पनीको आइपिओ बजारमा आउँदै !

पछिल्लाे समय लगानीकर्ताहरू सेयर बजारमा लगानी गर्न आकर्षित हुन थालेका छन् । सेयर बजारमा लगानी गर्न नयाँ लगानीकर्ताहरूकाे संख्या पनि थपिँदै गैरहेको छ  । आइपिओमा लगानीकर्ताहरु झुम्मिन थालेका छन्  । जुन कुरा यसअघि खुल्ला भएको केहि कम्पनीको आइपिओम परेका आवेदनले प्रष्ट्याउँछ । पछिल्लो समयमा आइपिओमा गरेभन्दा दोब्बरबढी आवेदन पर्ने गरेको छ  । जसले गर्दा भाग्यमानीको हातमा मात्र आइपिओ पर्ने गरेको छ । तपाई पनि यसअघि खुल्ला गरिएको विभिन्न कम्पनीको आइपिओ नपरेर चिन्तित हुनुहुन्छ ? त्यसो हो भने यी हाइड्रोपावरको आइपिओ तपाइँको भागमा पर्न पनि सक्छ । 

विभिन्न १३ वटा हाइड्रोपावर कम्पनीले छिट्टै नै साधारण सेयर (आइपिओ) निष्कासन गर्दैछन् । जसमध्ये एउटा कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेकाे छ भने १२ वटा  हाइड्रोपावर कम्पनी नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) काे स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् ।

सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले  नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेकाे छ भने न्यादी हाइड्रोपावर कम्पनी लिमिटे, साहस उर्जा कम्पनी लिमिटेड, शुभम पावर लिमिटेड, इमर्जिङ्ग नेपाल लिमिटेड,  सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, तेह्रथुम पावर कम्पनी लिमिटेड, हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड,  विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड,  ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेड, मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेड र रूरू जलविद्युत परियाेजना कम्पनी लिमिटेड भने बोर्डको स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् ।

आइपिओ निष्कासन गर्न लागेका १३ वटा हाइड्रोपावर यस प्रकारका छन् :

१. सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेड
सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले माघ ४ गते, आइतबारबाट आयोजना प्रभावित स्थानियहरूका लागि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्दैछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे । 

उक्त सेयर बाँडफाँड भए पश्चात दाेश्राे चरणमा सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्नेछ । धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका पुस २१ गते, मंगलबार अनुमति प्रदान गरेकाे थियाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

२. न्यादी हाइड्रोपावर कम्पनी लिमिटेड
न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४० करोड ५० लाख रूपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर १० गते, बुधबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे छ । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

३. साहस उर्जा कम्पनी लिमिटेड
साहस उर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर २४ गते, बुधबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे छ । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

४. शुभम पावर लिमिटेड
शुभम पावर लिमिटेडले ५ लाख ८० हजार ५ सय ८० कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७५ साल भदाै २७ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम  सिबिआइएल क्यापिटल लिमिटेडले गर्नेछ ।

५. इमर्जिङ्ग नेपाल लिमिटेड
इमर्जिङ्ग नेपाल लिमिटेडले ५ लाख कित्ता साधारण शेयर  (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल जेठ २३ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।

६. सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड
सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ लाख १८ हजार २ सय ३० कित्ता साधारण शेयर  (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७४ साल असार २७ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ । 

७. तेह्रथुम पावर कम्पनी लिमिटेड 
तेह्रथुम पावर कम्पनी लिमिटेडले १२ करोड रूपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत असोज १३ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

८. हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड
हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल कार्तिक २७ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम जनता क्यापिटल लिमिटेडले गर्नेछ ।

९. विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल माघ १ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

१०. मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर  (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७४ असोज २० गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

११. ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेड
ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर  (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल वैशाख ९ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

१२. मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेड

मध्यभोटेकोशी जलविद्युत् कम्पनीले १ अर्ब ५० करोड रूपैयाँ बराबरकाे १ करोड ५० लाख कित्ता कित्ता साधारण शेयर (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत माघ ७ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

१३. रूरू जलविद्युत परियाेजना कम्पनी लिमिटेड
रूरू जलविद्युत परियाेजना कम्पनी लिमिटेडले ८ करोड ९६ लाख ९५ हजार २ सय २० रूपैयाँ बराबरको ८ लाख १५ हजार ४ सय ११ कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार २५ गते बिहीबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले स्थानियका लागि छुट्याइएको १० प्रतिशत शेयर प्रतिशेयर १०० रूपैयाँको दरमा र सर्वसाधारणका लागि छुट्याइएको १० प्रतिशत शेयर प्रतिशेयर १२० रूपैयाँको दरमा बिक्री गर्न अनुमति मागेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको