Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाको नाफा १६२ प्रतिशतले बढ्यो (विवरणसहित)

अर्थ संसार

सोमबार, ०५ माघ २०७७, ०८ : २९ मा प्रकाशित

कामना सेवाको नाफा १६२ प्रतिशतले बढ्यो (विवरणसहित)

कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 
बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३९ करोड ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १६२.६२ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले १४ करोड ८५ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

दोस्रो त्रैमासमा बैंकले ६८ करोड ८० लाख ८९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १९.८५ प्रतिशतले धेरै हाे । त्यसैगरी, दोस्रो त्रैमासमा बैंकले सञ्चालन मुनाफा पनि ६४.३२ प्रतिशतले बढाएर ३४ करोड ६९ लाख ५६ हजार रुपैयाँ पुर्याएकाे छ । 

बैंककाे गत वर्षको यसै अवधिमा १० लाख २४ हजार रुपैयाँ मात्र रहेको गैर सञ्चालन आम्दानी पनि यस वर्ष बढेर २१ करोड २ लाख ५४ हजार रुपैयाँ पुगेको छ । खुद व्याज आम्दानी र सञ्चालन मुनाफा तथा गैर सञ्चालन आम्दानी बढेसँगै बैंककाे नाफा आकर्षक ढङ्गले बढ्न मद्दत पुगेकाे हाे ।

त्यस्तै, बैंककाे चुक्ता पूँजी २ अर्ब ५४ करोड एक लाख ९५ हजार रुपैयाँ, जगेडा कोषमा ४९ करोड ५३ लाख १८ हजार रुपैयाँ, प्रतिशेयर आम्दानी ३० रुपैयाँ ७१ पैसा र प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ९ पैसा रहेकाे छ । 

विवरण हेर्नुहोस् :-

6004f6f1c6c89.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको