Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको आइपिओका लागि डिम्याट खोल्नेको लर्को,एनआईसी एसिया क्यापिटलको फुटपाथमा सेवा !

अर्थ संसार

सोमबार, ०५ माघ २०७७, १५ : ५९ मा प्रकाशित

हालै जारी भएको नेपाल पुर्वाधार विकास बैंक (निफ्रा) को आइपिओलाई लक्षित गरि अहिले बैंक तथा बित्तिय संस्थाहरुमा आम मानिसहरुको भिडभाड बढेको देखिन्छ । 

नेपालको इतिहासमै सबैभन्दा ठुलो परिणाममा आइपिओ जारी हुन लागेको र उत्त आइपिओ आवेदन दिने सबैको भागमा पर्ने निष्चित देखेर लगानीकर्ताहरु आकर्षित भएका हुन् ।अहिले बैंक तथा बित्तिय संस्था , क्यापिटल र स्टक ब्रोकरको कार्यलयमा मानिसहरुको धेरै नै बाक्लो उपस्थिती देखिन्छ । कतिपय बैंक तथा बित्तिय संस्थाहरुलाई अत्याधिक संख्यामा सेवाग्राहीहरु आएपछी सेवा दिनै हम्मे हम्मे परिरहेको छ ।

काठमांडौ अनामनगरमा प्रधान कार्यलय रहेको एनआइसी एसिया क्यापीटलले भने सेवाग्राहिहरुलाई सडकबाट नै सेवा प्रवाह गरिरहेको छ । हामि बिहान ११ बजे अनामनगर स्थित क्यापिटलको केन्द्रिय कार्यलय पुग्दा कार्यलय अगाडीको फुटपाथमा मानिसहरुको भिडभाड देखिन्थ्यो ।

कतिपय मानिसहरु क्यापिटलका कर्मचारीहरुसंग खाता खोल्नका लागि फर्म माग्नमा व्यस्त देखिन्थे भने कतिपय फर्म भर्नमा । कोहि भित्ताको सहरामा फर्म भर्दै थिए भने कतिपयले फुटपाथमै बसेर फर्म भरिरहेका थिए ।

 

सडकमा पैदल यात्रा गर्ने यात्रुहरुलाई समेत त्यो भिडभाडले प्रभाव पारिरहेको थियो । आम मानिस फुटपाथमा स्वतन्त्रपुर्वक हिड्न सक्ने अवस्था नभएपछी त्यसको प्रभाव सडमा समेत परिरहेको थियो जसले गर्दा ट्राफिक प्रहरीलाई पनि जाम व्यवस्थापनमा हम्मे हम्मे परिरहेको देखिन्थ्योे ।

क्यापिटलको सेवाबाट दिक्क भएका सेवाग्राहीहरु भोली निफ्राको सेयर आवेदन दिने अन्तिम दिन भएकाले आज जस्तो सेवा भएपनी बाध्य भएर खाता खोल्नु परेको बताउछन् ।  

How To Apply IPO Through MERO SHARE | मेरो सेयरबाट आईपिओमा आवेदन कसरी दिने ?  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको