Like us!
Follow us!
Connect us!
Watch us!

५१ % लाभांश पारित गर्न नेपाल लाइफले बोलायो साधारणसभा, १०० रुपैयाँको सेयरलाई अब फेस भ्यालू ५० रुपैयाँ बनाउने

अर्थ संसार

मंगलबार, ०६ माघ २०७७, १० : ३२ मा प्रकाशित

५१ % लाभांश पारित गर्न नेपाल लाइफले बोलायो साधारणसभा, १०० रुपैयाँको सेयरलाई अब फेस भ्यालू ५० रुपैयाँ बनाउने

नेपाल लाइफ इन्सुरेन्सले माघ २८ गते  होटल भिष्वा, वीरगञ्जमा वार्षिक साधारण सभा बोलाएको छ ।  कम्पनीले ३१ प्रतिशत बोनस सेयर र करसहित २० प्रतिशत नगद गरी कुल ५१ प्रतशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । यस्तै, सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।
 
यता, नेपाल लाइफले प्रबन्धपत्र र नियमावली संशोधन गरी कम्पनीको प्रतिसेयर मूल्य १०० रुपैयाँलाई परिवर्तन गरी (स्प्लीट) प्रतिसेयर मूल्य ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ । प्रतिसेयर मूल्य परिवर्तन गर्ने प्रस्ताव सम्बन्धित निकायको स्वीकृतिपछि मात्र लागू हुनेछ । 
 
अर्थात् यसअघि कम्पनीले आइपीओ जारी गर्दा प्रतिकित्ता (फेस भ्यालू) १०० रुपैयाँ कायम गरेकामा त्यसलाई घटाएर अब फेस भ्यालू प्रतिकित्ता ५० रुपैयाँ बनाउन लागिएको हो । यस प्रस्तावलाई साधाण सभाबाट पारित गरी नियामकबाट पनि अनुमति लिनुपर्ने हुन्छ ।
 
सभा गर्न कम्पनीले माघ १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्नेछ । माघ १३ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको