Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरीको आईपिओ बाँडफाँड कहिले ? यसो भन्छ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल

अर्थ संसार

मंगलबार, ०६ माघ २०७७, १७ : १४ मा प्रकाशित

चन्द्रागिरीको आईपिओ बाँडफाँड कहिले ? यसो भन्छ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल

चन्द्रगिरी हिल्स लिमिटेडले जारी गरेको आइपिओको बाँडफाँड कहिले हुन्छ ? आइपिओमा आवेदन दिने आम लगानीकर्ताको प्रश्न हो यो । अर्थ संसार डट कमले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटललाई लगानीकर्ताको त्यही 'प्रश्न आईपिओ बाँडफाँड कहिले हुन्छ ?' भनेर  प्रश्न सोधेका छौं ।

 प्रश्नको जवाफ क्यापिटलले यस्तो दिएको छ 'आईपिओ शुक्रबार बाँडफाँट हुने सम्भावना रहेको छ, हामीले  बुधबार प्रि अलोटमेन्ट सम्पन्न गरी शुक्रबार बाँडफाँट गर्ने तयारी भैरहेको छ, यद्दपि, अन्तिम टुंगो भने लागिसकेको छैन । प्रि अलोटमेन्ट मंगलबार नै सक्ने तयारी गरिएको भएपनि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ क्लोजिङका कारण भ्याइएन ।' 
 
  पुस २४ गतेबाट २८ गतेसम्म  सर्वसाधारणका लागि कम्पनीले जारी गरेको आईपिओमा कुल २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १२ लाख ५१ हजार १० जनाले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा १७.५३ गुणा बढी हो ।
 
यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको १३ लाख ९६ हजार २२ कित्तालाई आधार मान्दा १ लाख ३९ हजार ६०२ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । ११ लाख ११ हजार भन्दा धेरै जना भने आईपिओ पाउनबाट बञ्चित हुनेछन् ।
 
कम्पनीले १०० रुपैयाँ दरमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ४५ अर्थात ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ५५ अर्थात ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको थियो । बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यबस्था थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको