Like us!
Follow us!
Connect us!
Watch us!

इन्फ्रास्टक्चर बैंकको आईपिओमा आवेदनको रेकर्ड, पर्ने कित्ताको संख्या घट्दै

अर्थ संसार

मंगलबार, ०६ माघ २०७७, १८ : ३४ मा प्रकाशित

इन्फ्रास्टक्चर बैंकको आईपिओमा आवेदनको रेकर्ड, पर्ने कित्ताको संख्या घट्दै

नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडले माघ २ गतेदेखि ६ गतेसम्म जारी गरेको आईपिओले सेयर बजारमा नयाँ रेकर्ड राख्न सफल भएको छ । अहिलेसम्म जारी भएको आइपिओ भन्दा यो बैंकको आईपीओमा हालसम्मकै सर्वाधिक आवेदनको रेकर्ड राख्न सफल भएको हो ।

इपिओ निष्कासन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार  अन्तिम दिनसम्म १५ लाख २ हजार ५३१ आवेदकबाट १७ करोड ७९ लाख ४६ हजार ७१० कित्ताका लागि आवेदन परेको छ। यो नै अन्तिम नतिजा भने होइन । अन्तिम दिन  (मंगलबार) आस्बा माध्यमबाट पनि आईपीओ आवेदन गर्न सकिने भएकाले यो आवेदन र आवेदन गरिएको कित्ता बढ्नेछ।

बैंकले ८ करोड कित्ता आईपीओ निष्कासन गरेको थियो। प्रतिकित्ता  १०० का दरले निष्कासन गरिएको यो आईपीओको कुल ८ करोड कित्तामध्ये ०।२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको थियो। सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको थियो।

यो बैंकको आईपिओमा आवेदनको संख्या र बैंकले जारी गरेको आईपिओको संख्यालाई अनुपात गर्दा ५० देखि ६० कित्ता पर्ने देखिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको