Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोपावरमा लगानी गर्ने अबसर ! पिपुल्स हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

अर्थ संसार

बुधबार, ०७ माघ २०७७, ०८ : १२ मा प्रकाशित

हाइड्रोपावरमा लगानी गर्ने अबसर ! पिपुल्स हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले लमजुङ जिल्लामा निर्माण गर्न लागेको ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत् आयोजना ‘ख’ का लागि आवश्यक लगानी आवश्यक स्वपुँजी जुटाउन आईपिओ जारी गर्न लागेको हो। 

कम्पनीले १०० अंकित दरका कुल ८२ लाख ५० हजार कित्ता आईपिओ निष्कासन गर्नेछ। आईपीओ आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ। 

यसैगरी कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ। योसम्बन्धी सम्झौतापत्रमा मंगलबार सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसे र पिपुल्स हाइड्रोपावरका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीले हस्ताक्ष गरेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको