Like us!
Follow us!
Connect us!
Watch us!

ऋणीहरुप्रति निर्दयी बन्दै एनआईसी एशिया बैंक!

अर्थ संसार

बुधबार, ०७ माघ २०७७, ११ : ०६ मा प्रकाशित

ऋणीहरुप्रति निर्दयी बन्दै एनआईसी एशिया बैंक!

एनआईसी  एशिया  बैंकले मंगलबार एक पत्रिकामा सूचना प्रकाशित गर्दै करिब ५ दर्जन ऋणीहरुको धितो लिलामी प्रक्रिया अगाडी बढाएको छ । बैंकले करिब २ दर्जन ऋणीहरुको धितो लिलामी गर्नका लागि बोलपत्र आह्वान गरेको छ भने करिब ३ दर्जन ऋणीहरुलाई पनि ३५ दिने सूचना जारी गरेको छ ।

एनआईसी एसिया बैंकलाई ऋणी लगानी र ऋण असुली दुबैका लागि आक्रमक बैंकका रुपमा चिनिन्छ । बैंकले धितो लिलामिका लागि १५ दिने सूचना जारी गरेको छ ।

सूचना प्रकाशित भएको १५ दिन भित्रमा इच्छुक व्यक्ति वा संस्थाले शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । धितोमा राखिएको चलअचल सम्पती बिक्रि नभएमा वा धिता बिक्रि मूल्यले ऋण असुल गर्न नपुगेमा ऋणी वा जमानीकर्ताको अन्य जायजेथाबाट समेत असुल गरिने बैंकले जनाएको छ ।

कोरोेनाका कारण सम्पुर्ण व्यवसायिहरुको व्यापार व्यवसाय चौपट भएको अवस्थामा पनि बैंकले आफ्नो समस्या नबुझि धितो लिलामी प्रक्रिया अगाडी बढाएको व्यवसायिहरुको गुनासो छ ।

बैंक तथा बित्तिय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले समेत यो बिषम परिस्थितीमा ऋण असुलीमा धेरै कडिकडाउ नगरी व्यबसायीहरुलाई केहि समय दिन आग्रह गरेको भएता पनि एनआइसी एसिया बैंकले भने दिनहुँ जसो धितो लिलामीको सूचना प्रकाशित गरेको दखिन्छ ।

पछिल्लो समय एनआईसी एसिया बैंक ऋण असुलीमा आक्रमक ढंगले लागेको देखिन्छ । बैक ऋण असुलीका कारणलेमात्र चर्चामा आउने नभएर बैंकले प्रवाह गर्ने बिभिन्न सेवाहरुमा समेत सेवाग्राहीहरुको चरम असन्तुस्टी सामाजिक सञ्जालहरुमा देख्न सकिन्छ ।

एनआइसी एसिया बैंकको रबैयाले आजित भएका ग्राहकहरुको गुनासो बेलाबेलामा नेपाल राष्ट्र बैंकमा पुग्ने गरेका भएता पनि सुनावाई नभएको गुनासो सेवाग्राहिको छ ।

एनआईसी एसिया बैंकको सेवा र गतिबिधीले समग्र बैंकिङ क्षेत्रकै बदनाम भएको भन्दै केहि समय अघि नेपाल बैंकर्स संघले समेत राष्ट्र बैंकको ध्यान आकर्षण गरायको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको