Like us!
Follow us!
Connect us!
Watch us!

यो बर्ष जारी भएका आईपिओमा कुन कम्पनीमा कति पर्यो आवेदन ?

अर्थ संसार

विहीबार, ०८ माघ २०७७, ०७ : १० मा प्रकाशित

यो बर्ष जारी भएका आईपिओमा कुन कम्पनीमा  कति पर्यो आवेदन ?

यो बर्षलाई आईपिओमा नयाँ लगानीकर्ता भित्रिएको हिसाबले स्वर्णिम बर्ष मान्न सकिन्छ । एक बर्ष भन्दा कम समयमै आईपिओ आवेदकको संख्या करिब चार गुणाले बढेको छ ।

केहि बर्ष अघिसम्म आईपिओ जारी गर्ने कम्पनीहरुलाई लगानीकर्ताहरु नपाएर पुँजी पुर्याउनै गाहे हुन्थ्यो तर अहिले कम्पनीले आईपिओ जारी गर्दा लगानीकर्ताले आईपिओ नपाउने अवस्था छ ।

अहिले कम्पनीको माग भन्दा धेरै गुणा आवेदन पर्ने गर्दछ । हालै जारी भएको चन्द्रागिरी हिल्सको आइपिओमा १३ लाख ९६ हजार २२ कित्ताका लागी १२ लाख ५१ ह्जार ९३८ जनाको आवेदन परेको छ । यो कम्पनीको सेयर १ लाख ३९ हजार ६ सय २ जनाले १० कित्ता मात्र पाउनेछन् भने बांकी ११ लाख १२ हजार ३३६ जनाको हात खालि हुने निष्चित छ ।

त्यसै गरी  माघ २ गते दखि ६ गते सम्म आईपिओ आवेदन खुला गरेको नेपाल पुर्वाधार बैंक (निफ्रा)को आइपिओले नेपालमा नयाँ रेकर्ड कायम गरेको छ । उत्त कम्पनीको आईपिओमा हाल सम्मकै उच्च संख्यामा आवेदन परेको हो । चैत्र २६ गते खुलेको नेपाल पुनर्बिमाको आइपिओ मा करिब ४ लाखको संख्यामा खावेदन परेकोमा हिजो माघ ६ गतेसम्मा आवेदकको संख्या करिब ४ गुणाले बढेर १५ लाख ५० हजार नाघेको हो ।

त्यसै गरी  यो एक बर्षमा खुलेका आईपिओमा सबैभन्दा बढि नेपाल पुर्वाधार बैंक (निफ्रा)को आइपिआमा १५ लाख ५० हजार ९३ जनाको आवेदन र सबैभन्दा कम लिबर्टी इनर्जीको आईपिओमा १ लाख ८८ हजार ३७३ जनाको आवेदन परेको हो ।

यो बर्ष आईपिओ जारी गर्ने कम्पनीहरुमा कुनमा कति जनाको आवेदन पर्यो ?

6007f7699f0e9.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको