Like us!
Follow us!
Connect us!
Watch us!

एनसिसि बैंकको १०.८१ लाभांश आज पारित हुँदै

अर्थ संसार

शुक्रबार, ०९ माघ २०७७, ०७ : ५८ मा प्रकाशित

एनसिसि बैंकको १०.८१ लाभांश आज पारित हुँदै

नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसि)बैंक लिमिटेडकाे वार्षिक साधारण सभा आज (शुक्रबार) हुँदैछ ।

बैंककाे पाैष १५ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे २३औं वार्षिक साधारण सभा बैंककाे केन्द्रिय कार्यालय, बागबजार, काठमाडाैँमा बिहान १० बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

सभामा बैंककाे पाैष ३ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १०.२६९५ प्रतिशत बोनस र ०.५४०५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १०.८१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष २१ गते एक दिन बुकक्लोज गरेको छ । त्यसैले, पाैष २० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको