Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीनलाईफ हाइड्रोपावले माघ तेस्रो सातादेखि आइपिओ निष्कासन गर्ने

अर्थ संसार

शुक्रबार, ०९ माघ २०७७, १५ : ०५ मा प्रकाशित

ग्रीनलाईफ हाइड्रोपावले माघ तेस्रो सातादेखि आइपिओ निष्कासन गर्ने

ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडले माघको तेस्रो सातादेखि साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएकाे छ ।साधारण सेयर (आइपिओ) को सार्वजनिक निष्काशन गर्न ग्रीनलाईफ हाइड्रोपावर र सानिमा क्यापिटल लिमिटेडसँग शेयर रजिष्ट्रार सम्बन्धि सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता पत्रमा ग्रीन लाईफ हाइड्रोपावर लिमिटेडको तर्फबाट याङचेन डोमा लामा र सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गर्नुभएको छ । 

चन्द्रागिरी हिल्सको रिजल्ट अर्थ संसारमा, यसरी हुर्नुहोस् नतिजा

कम्पनीले आफ्नो जारी पूँजी एक अर्ब ८० करोडको १० प्रतिशत अर्थात अठार करोड बराबरको रु.१०० अंकित दरको १८ लाख कित्ता सेयरहरु तथा स्थानीय बासिन्दाको लागि बिक्री खुल्ला गरिएको सेयरहरु मध्ये बिक्री नभएका १६ लाख ९६ हजार ४०० कित्ता सेयर गरी जम्मा ३४ लाख ९६ हजार ४०० साधारण सेयर (सामुहिक लगानी कोष, कर्मचारी तथा सर्वसाधारणको लागि समेत गरि) सर्वसाधारणमा निष्काशन गर्नको लागी नेपाल धितोपत्रबोर्डबाटमाघ ४ गते स्वीकृती प्राप्त गरिसकेको छ 

कम्पनीले उक्त सेयरहरु माघ तेस्रो हप्तादेखि उक्त सर्वसाधारणको लागि विक्री खुल्ला गर्ने जनाएको छ ।

ग्रीनलाईफ हाईड्रोपावर लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६६ साल आश्विन ०४ गते नेपाल सरकार उद्योग मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयमा ग्रीनलाइफ इनर्जी प्रा.लि.को रुपमा दर्ता भई मिति २०७४ आषाढ ९ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनी हो । 

कम्पनीको प्रदेश नं. ३, दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका (तत्कालीनखारे तथामार्बु गा.वि.स.) माबहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानीमिसाई आयोजना निर्माण गरी ४० मेगावाट क्षमताको विजुली उत्पादन गर्ने उद्देश्य अनुरुप २०७८ वैशाख देखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको