Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी हिल्सको रिजल्ट अर्थ संसारमा, यसरी हुर्नुहोस् नतिजा

अर्थ संसार

शुक्रबार, ०९ माघ २०७७, १५ : २७ मा प्रकाशित

चन्द्रागिरी हिल्सको रिजल्ट अर्थ संसारमा, यसरी हुर्नुहोस् नतिजा

चन्द्रागिरी हिल्स लिमिटेडले सर्वसाधारणमा बिक्री गरेको आईपिओ शुक्रबार बिहान बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटको केन्द्रिय कार्यालयमा बाँडफाँड भएको छ । 

गोलाप्रथाबाट बाँडफाँड भएको आइपिओमा  आवेदन गर्ने १ लाख ३९ हजार ६०२ जनालाई १० कित्ताका दरले शेयर पाएका छन् जसमा भाग्यमानी २ जनाले ११ कित्ता शेयर पाएका छन्।

कम्पनीको आईपिओमा कुल १२ लाख १६ हजार ९५३ जनाले आवेदन दिएका ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। त्यस मध्ये ५ हजार ८३८ वटा आवेदन अस्वीकृत भएका छन् भने १२ लाख ११ हजार ११५ वटा योग्य आवेदन स्वीकृत भएका छन्।
मागभन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार वितरण गर्दा योग्य आवेदकहरु मध्येबाट १ लाख ३९ हजार ६०० जनाले मात्रै १० कित्ताका दरले शेयर पाउएका छन्। बाँकी १० लाख ७१ हजार ५१५ जनाको खालि भएको छ।

आईपीओको नतिजा हेर्नको लागिअर्थ संसारको गृहपृष्ठको सवै भन्दा रहेको IPO RESULT मा क्लिक गर्नुहोस् ।

त्यसपछि आईपीओको नतिजा हेर्नुपर्ने चन्द्रागिरी हिल्स  छनौट गरि हितग्राही खाता नम्बर (बिओआईडि BOID ) सेक्सनमा आफ्नो १६ अंकको डिम्याट नम्बर राखेर खोजी (SEARCH Botton) मा गएर आफुलाई आईपिओ पर्यो कि परेन हेर्न सकिनेछ ।

पुस २४ गतेदेखि प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको