Like us!
Follow us!
Connect us!
Watch us!

डिस होमको आईपिओ कहिले आउँछ ? यस्तो भन्छ सेबोन

अर्थ संसार

शनिबार, १० माघ २०७७, १२ : ३५ मा प्रकाशित

डिस होमको आईपिओ कहिले आउँछ ? यस्तो भन्छ सेबोन

टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी डिस होमले सर्वसाधारणका लागि जारी गर्ने प्राथमिक सेयर (आईपिओ) अब छिट्टै निश्कासन हुने भएको छ ।

नेपाल धितोपत्र बोर्डले आईपिओ निशसनको लागि अनुमति दिने अन्तिम चरणमा पुगेको बोर्डले अर्थ संसारलाई जनाएको छ ।  

'हामीले बोर्डमा सेयर निश्कासनको अनुमतिकको लागि आएका कम्पनीहरुको अध्ययन गरी भटाभट अनुमति दिन थालेका छौं' नेपाल पत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङगानाले भने -'डिस होमको आइपिओले अनुमति पाउने अन्तिम चरणमा छ ।' 

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

डिस मिडिया नेटवर्क लिमिटेडले २३ लाख ८५ हजार ९२९ कित्ता सेयर निश्कासनको लागि २०७७ साल असार ३० गते बोर्डमा निबेदन दिएको थियो । सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

डिसहोमले २०७४ सालदेखि आफूलाई पब्लिक कम्पनीको रुपमा रुपान्तरण गरेको थियो । २०७५ साल पुस २७ गते सम्पन्न साधारणसभाले सर्वसाधारणमा प्राथमिक सेयर निश्कासनको प्रस्ताव पारित  गरेको थियो । 

डिसहोमका १५ लाख भन्दा धेरै ग्राहक रहेका छन् । व्यक्तिगत कम्पनीलाई पव्किल कम्पनीमा लगेर सेयर जारी गर्न लागिएको हो ।

डिस नेपाल र होम टिभी सेवा बीच मर्ज भएर डिस होम संचालनमा आएको हो । डिसहोमले टेलिभिजनमात्र नभएर सिम टिभीको आइएसपीबाट इन्टरनेट सेवा प्रदान गर्न सुरुवात गरेको छ । डिसहोमले टेलिभिजन प्रसारणका लागि चाहिने सेटप बक्स समेत उत्पादन सुरु गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको