Like us!
Follow us!
Connect us!
Watch us!
धिताेपत्र बोर्डका अध्यक्षसँगकाे कुराकानी

नेप्सेले जतततै समस्या सिर्जना गरेकाे छ, नयाँ स्टक एक्सचेन्ज चाहिन्छ कि भनेर साेच्दैछाैं

भिडियाेसहित

अर्थ संसार टक

शनिबार, १० माघ २०७७, १५ : ०० मा प्रकाशित

नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नेपालमा अर्काे स्टक एक्स्चेन्जकाे आवश्यकता टड्काराे देखिएकाे बताएका छन् ।

‘नेपाल स्टक एक्स्चेन्जले काम नगरेकाे गुनासाे बजारबाट धेरै आएकाे छ,’ उनले भने, ‘बजारकाे माहाेलले नयाँ स्टक एक्स्चेन्जकाे माग गरिरहेकाे छ । नेपाल स्टक एक्स्चेन्जले गरेकाे काराेबार विश्वास गर्न लायक, प्रविधिमैत्री भएन ।

बजारमा धेरैले स्टक एक्स्चेन्जकाे काराेबार विस्वास गर्न लायकै भएन भन्ने गुनासाे धेरै आएकाे छ ।’ ‘कहिले अर्डर गरेकाे सेयरकाे काराेबार हुँदैन,’ उनी भन्छन्, ‘कहिले अर्डरै नगरेकाे सेयरकाे पनि काराेबार भएकाे देखाउँछ ।’

ढुंगानाले नेप्सेकाे अनलाइन सिस्टमकाे प्रभावकारीताकाे उदाहरण दिँदै भने, ‘एक जनाले आफूसँग भएकाे १ हजार कित्ता सेयर बिक्रिका लागि अनलाइनमा इन्ट्री गरेछन् । त्याे सिस्टममा नदेखाएपछि अर्काे, अर्काे गर्दै १२ पटक राखेछन् ।

त्यति गर्दा पनि काराेबार नभएपछि उनी थाकेर हिँडे । भाेलिपल्ट उनकाे १२ हजार कित्ता सेयर बेचिएकाे ब्राेकरले जानकारी गरायाे । त्यसपछि उनले क्लाेज आउटमा परेर घरजग्गा बेचेरै पैसा तिरे ।’ दिनभर काराेबार गरेपछि लगानीकर्ताले साँझ गर्ने नाफाघाटाकाे हिसावकिताव नेप्सेकाे सिस्टमले गर्दा नमिल्ने गरेकाे उनले दावी गरे ।

उनले नेप्सेले गर्दा धेरै समस्या सिर्जना भएकाे भन्दै आक्राेस पाेखे । ‘ब्राेकरहरूकाे टिमएम सिस्टममा समस्या छ, ब्राेकरलाइ एपिआइ दिनेमा समस्या छ,’ उनले भने, ‘बजारकाे माेनिटरमा समस्या छ । विभिन्न काराेबार हेर्न हामीले भनेका छाैं । यहाँबाट स्पस्टिकरण नसाेधी कामै गर्दैन । त्यसैले बजारबाटै माग उठेकाले हामी पनि अर्काे स्टक एक्स्चेन्ज चाहिन्छ कि भनेर साेच्न बाध्य भएका छाैं ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको