Like us!
Follow us!
Connect us!
Watch us!

मोलुङ्ग हाइड्रोपावरले आइपिओ निष्काशन गर्ने

अर्थ संसार

सोमबार, १२ माघ २०७७, ०८ : ०२ मा प्रकाशित

मोलुङ्ग हाइड्रोपावरले आइपिओ निष्काशन गर्ने

मोलुङ्ग हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आइपिओ) निष्काशन गर्ने प्रस्ताव सहित ११औं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

कम्पनीको माघ ५ गते सोमबार बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा फागुन ६ गते, बिहिबार कम्पनीको रजिष्टार्ड कार्यालय रविभवन, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा साधारण सेयरको सार्वजनिक निष्काशन गर्ने सम्बन्धि विशेष प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आर्थिक वित्तीय विवरण, लेखापरीक्षकको नियुक्ति गर्ने लगायत विविध विषयमा छलफल गरी पारित गरिनेछ ।

यसका साथै, कम्पनीको अधिकृत तथा जारी पूंजी वृद्धि गर्ने सम्बन्धमा पनि छलफल गरिनेछ ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

600e2adb3b4f8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको