Like us!
Follow us!
Connect us!
Watch us!

बुद्धभुमी नेपाल हाइड्रोपावरले आइपिओ निष्काशन गर्ने

अर्थ संसार

मंगलबार, १३ माघ २०७७, ०९ : ०९ मा प्रकाशित

बुद्धभुमी नेपाल हाइड्रोपावरले आइपिओ निष्काशन गर्ने

बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले साधरण सेयर (आइपिओ) निष्काशन गर्ने प्रस्तावसहित तेर्हौं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको माघ ९ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको उक्त सभा फागुन ७ गते शुक्रबार कम्पनीको रजिष्टर कार्यालय, महाराजगंज, काठमाडांैमा दिउँसो ३ बजे सुरु हुनेछ ।

सभामा प्राथमिक सेयर (आइपिओ) निष्काशन गर्ने सम्बन्धमा छलफल हुनेछ ।

त्यसैगरी, संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखा परिक्षण प्रतिवेदन, लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

600f8cd4aca06.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको