Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको डेबिट कार्ड लिन अब अनलाईनबाटै आवेदन दिन सकिने

अर्थ संसार

मंगलबार, १३ माघ २०७७, १६ : ०० मा प्रकाशित

एनआईसी एशिया बैंकको डेबिट कार्ड लिन अब अनलाईनबाटै आवेदन दिन सकिने

एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने सहज प्रणालीको शुभारम्भ गरेको छ । समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले ग्राहकवर्गलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी नयाँ डेबिट कार्ड अनलाईनबाट अनुरोध गर्न सकिने सेवा थालनी गरेको हो । 

ग्राहकहरूलाई हरेक कामका लागि बैंकको शाखा पुग्न नपरोस् भन्ने हेतुले बैंकले आफ्नो वेबसाइमा रहेको iServe डिजिटल सेवामार्फत नयाँ डेबिट कार्ड अनुरोध गर्न सकिने व्यवस्था मिलाएको छ । उक्त iServe भित्र सेवाग्राहीहरूले आफ्नो यस बैंकमा रहेको खाता सम्बन्धी विवरण उल्लेख गरी Verify गरेपश्चात् डेबिट कार्ड आवेदको प्रक्रिया अगाडी बढ्नेछ र त्यसपश्चात ग्राहक महानुभावले Instant Card वा Name Embossed Card  तथा आफुलाई पायक पर्ने शाखा छनौट गर्न मिल्ने विकल्प राखिएको छ । 

यस प्रकृयाको अन्त्यमा बैंकबाट सेवाग्राहीलाई आवेदन सफल भएको एसएमएस मार्फत reference कोड सहित जानकारी गराइनेछ । ग्राहक महानुभावको आवेदन अनुसारको डेबिट कार्ड तयार भएपश्चात् बैंकले ग्राहक महानुभावहरूलाई एसएमएस तथा फोनमार्फत खबर गर्ने व्यवस्था समेत गरेको छ । उक्त reference कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई बिना कुनै झन्झट सोझै ग्राहक सेवा काउण्टरमार्फत आफुले अनुरोध गर्नुभएको डेबिट कार्ड प्राप्त गर्न सक्नुहुनेछ । बैंकले ल्याएको यस अनलाईन डेबिट कार्ड अनुरोध सुविधाले काउण्टरमा पुगेर लामो समय लाइनमा बस्नुपर्ने झन्झटिलो परम्पराबाट ग्राहक महानुभावहरूलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको