Like us!
Follow us!
Connect us!
Watch us!

'खल्ती' डिजिटल वालेट चौथो बर्षमा, बार्षिकोत्सवमा ल्यायो यस्तो उपहार योजना

अर्थ संसार

मंगलबार, १३ माघ २०७७, १६ : १४ मा प्रकाशित

'खल्ती' डिजिटल वालेट चौथो बर्षमा, बार्षिकोत्सवमा ल्यायो यस्तो उपहार योजना

 पेमेन्ट गेटवे खल्ती डिजिटल वालेट चौथो बर्षमा प्रवेश गरेको छ । खल्तीले प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज र सरल बनाउँदै आएको छ । सुरू गरेको तीन बर्षमै खल्ती वालेटका १४ लाखभन्दा बढी प्रयोगकर्ता भएका थिए। 

खल्ती वालेटको प्रयोग गरी ६०  भन्दा बढी बैंकमा पैसा पठाउन सकिन्छ । यसको प्रयोग गरेर मोवाइलबाटै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्सको टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । खल्तीबाट रकम भुक्तानी  गर्दा क्यासब्याक समेत पाइन्छ । यसले गर्दा ग्राहकको नगदको  बचतसमेत हुन्छ । 

खल्तीले बार्षिकोत्सवका अवसरमा प्रवर्धनात्मक योजना सुरू गरेको छ । यस योजना अन्तर्गत कुल १६ जना प्रयोगकर्ताले ४ हप्तासम्म ४ ओटा सुविधा मध्य कुनै एकको भुक्तानी गरी सहमागी भएर निम्न उपहार जित्न सक्नेछन्। हरेक हप्ता:-

डिटिएचको शुल्क भुक्तानी गर्नेलाई - १ टिभी 

मोबाइल रिचार्ज गर्नेलाई -१ स्मार्टफोन 

इन्टरनेट शुल्क भुक्तानी गर्नेलाई -१ बर्षे इन्टरनेट सब्क्रिप्शन 

खल्ती बैंक डायरेक्ट अन्तर्गत बैंक लिंक गर्दा - १ स्मार्ट वाच  

यो योजना यही जनवरी २६ देखि फेब्रुअरी २६ सम्म एक महिना संचालन हुनेछ । 

कसरी डाउनलोड गर्ने 'खल्ती' एप ?

'खल्ती' एप यो  Khalti.com/app बाट डाउनलोड गरी उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ । मोबाइलमा डाउनलोड गर्न गुगल प्ले स्टोर वा एप्पल स्टोरमा यो एप उपलब्ध छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको